Categories समाचार

वीरगञ्जमा घरको पर्खाल भत्किँदा मजदुरको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ स्थित दुर्गा हल नजिक निर्माणाधीन घरको सेन्टरिङ (शटरिङ) खोल्ने क्रममा आइतबार दुःखद दुर्घटना भएको छ। काम भइरहेका बेला अचानक घरको पर्खाल भत्किँदा एक मजदुरको ज्यान गएको हो।

मृत्यु हुनेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–कल्याणपुर निवासी ३० वर्षीय सुवास पटेल रहेको जनाइएको छ ।

Advertisement

पर्खालले च्यापिएर गम्भीर घाइते भएका पटेललाई तत्काल उद्धार गरी उपचारका लागि भवानी अस्पताल लगिएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

Advertisement

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यस घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *