Categories समाचार

वीरगञ्जका पत्रकार त्रिपाठी कर्पोरेट नेपालमा सह-सम्पादक

वीरगञ्ज । लामो समयदेखि आर्थिक तथा अनुसन्धानमूलक पत्रकारितामा सक्रिय रहेका वीरगञ्जका पत्रकार रितेश त्रिपाठी कर्पोरेट नेपालमा सह-सम्पादकको रूपमा आबद्ध भएका छन्।

शिक्षक मासिकसहित विभिन्न सञ्चार माध्यममा पत्रकारिता गरेका त्रिपाठीले यसअघि नागरिक दैनिकमा करिब १० वर्ष समाचारदाताको रूपमा काम गरेका थिए। पछिल्लो समय उनी उकालो डटकममा वरिष्ठ समाचारदाताको जिम्मेवारी सम्हालिरहेका थिए।

Advertisement

आर्थिक पत्रकारिताअन्तर्गत व्यापार तथा पारवहन, बजार, औद्योगिक लगानी र सार्वजनिक खरिदलगायत विषयमा विशेष रुचि राख्ने त्रिपाठी अनुसन्धानमूलक पत्रकारितामा समेत सक्रिय मानिन्छन्।

Advertisement

कर्पोरेट नेपालमा उनको आगमनसँगै आर्थिक पत्रकारितालाई थप तथ्यपरक, विश्लेषणात्मक र अनुसन्धानमुखी बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *