Categories समाचार

सार्वजनिक स्थलमा महिलासामु गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ

वीरगंज । सार्वजनिक स्थलमा महिलासामु आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक शिक्षा अधिकृत पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२, इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।

Advertisement

प्रहरीका अनुसार ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थलमा भट्टले एक महिलासामु अश्लील व्यवहार गर्दै आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेका थिए। घटनापछि पीडित महिलाले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

Advertisement

भिडियो सार्वजनिक भएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले भट्टलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानबाट उनी सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।

हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *