Categories Uncategorized

डेरा कोठामा प्रहरीको छापा, ब्राउन सुगरसहित दुई युवक पक्राउ

वीरगन्ज । वीरगन्जको रामगढवा क्षेत्रमा रहेको एक डेरा कोठामा प्रहरीले छापा मार्दा ब्राउन सुगर र गाँजासहित दुई जना युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–१ स्थायी घर भई हाल वीरगन्ज–२४ रामगढवामा बस्दै आएका २१ वर्षीय राहुल बैठा तथा उनीसँगै डेरामा बस्ने सुनसरीको इटहरीका २२ वर्षीय साइमन क्षेत्री रहेका छन्।

Advertisement

अस्थायी प्रहरी चौकी रानीघाटबाट परिचालित प्रहरी टोलीले विशेष सूचनाका आधारमा गरेको खानतलासीका क्रममा कोठाबाट ३ ग्राम ७२ मिलिग्राम ब्राउन सुगर र एक पुरिया गाँजा फेला पारेको थियो। त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ परेका दुवैलाई लागूऔषध सम्बन्धी कसुरमा हिरासतमा राखेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *