Categories समाचार

फेसबुक ह्याक गरेर आफन्त बनेर रकम ठगी गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी पीडितकै नाममा आफन्त र साथीभाइसँग रकम मागेर ठगी गर्ने आरोपमा एक युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोले नुवाकोट लिखु गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्दै आएका १९ वर्षीय विवेक सुनारलाई असार २४ गते पक्राउ गरेको जनाएको छ।

Advertisement

ब्यूरोका अनुसार पीडितको फेसबुक खातामा अनधिकृत पहुँच पुर्‍याई उनीहरूको पहिचान प्रयोग गर्दै आफन्त र साथीभाइलाई विश्वासमा पारेर रकम माग्ने गरेको उजुरीपछि प्राविधिक अनुसन्धान तथा विश्लेषण गरिएको थियो। अनुसन्धानका क्रममा संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ परेका सुनारविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई साइबर ब्यूरोले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *