Categories समाचार

स्थापना दिवसमा भारत विकास परिषद् रक्सौलद्वारा वृक्षारोपण

Advertisement

वीरगंज । भारत विकास परिषद्, शाखा–रक्सौलले आफ्नो ६४औँ स्थापना दिवसको अवसरमा शुक्रबार ऐतिहासिक सौनाहा माई मन्दिर परिसरमा वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा औषधीय, फलफूल, छायादार तथा अक्सिजन उत्सर्जन गर्ने विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए। परिषद्का शाखा अध्यक्ष रजनीश प्रियदर्शीले सेवा, संस्कार, समर्पण र राष्ट्र निर्माणका उद्देश्यलाई अघि बढाउँदै वातावरण संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको बताए।

Advertisement

वातावरण संयोजक विजय कुमार साह, अजय कुमार, सेवा संयोजक एवं मिडिया इन्चार्ज बिमल कुमार सर्राफ तथा संस्कृति संयोजक नितेश कुमार सिंहले वृक्षारोपणसँगै बिरुवाको संरक्षणमा पनि जोड दिएका थिए।

Advertisement

कार्यक्रममा परिषद्का पदाधिकारी, सदस्य तथा स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रमबारे जानकारी सम्पर्क संयोजक उमेश सिकरिया तथा मिडिया इन्चार्ज बिमल कुमार सर्राफले दिएका हुन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *