Categories समाचार

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

कलैया । बाराको कलैया उपमहानगरपालिका–११ घोघरियामा पोखरीमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय सन्तोष पासवानकी छोरी राधिका कुमारी पासवान रहेकी छन्। प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे पोखरीमा नुहाउने क्रममा उनी अचानक डुबेर अचेत भएकी थिइन्।

Advertisement

घटनालगत्तै परिवारका सदस्य तथा स्थानीयवासीले उनको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएका थिए। तर चिकित्सकले ईसीजी परीक्षणपछि साँझ करिब ७:१० बजे उनलाई मृत घोषणा गरेका थिए।

Advertisement

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी नायव निरीक्षक विमलेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा अनुसन्धान तथा मुचुल्का टोली समेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

बारा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार बालिकाको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *