Categories समाचार

पक्राउको कारण नबताइएको भन्दै मजिद अन्सारीको आरोप

Advertisement

वीरगंज । जेनजी अभियन्ता मजिद अन्सारी ले आफूलाई पक्राउ गर्दा प्रहरीले कुटपिट गरेको तथा हालसम्म पक्राउको कारणसमेत नबताइएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा अन्सारीले २०८३ साल असार २७ गते शनिबार साँझ करिब ५ बजे १०–१२ जना नेपाल प्रहरीले आफूलाई लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएको उल्लेख गरेका छन्। उनले हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको बताएका छन्।

Advertisement

अन्सारीका अनुसार पक्राउपछि अहिलेसम्म आफूलाई पक्राउको कारणबारे कुनै जानकारी दिइएको छैन भने पक्राउ पुर्जीसमेत देखाइएको छैन। साथै, आफ्नो पक्राउको कानुनी हैसियतबारे पनि कुनै स्पष्टता नभएको उनको दाबी छ।

Advertisement

उनले गृहमन्त्री तथा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई सम्बोधन गर्दै आफूविरुद्ध लक्षित रूपमा यस्ता कारबाही किन गरियो भन्ने विषयमा स्पष्ट पार्न माग गरेका छन्।

साथै, अन्सारीले संघीय संसदका सदस्यहरू, प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूलाई आफ्नो जीवन, स्वतन्त्रता र सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेका छन्।

यद्यपि, अन्सारीले सार्वजनिक रूपमा गरेका यी दाबीबारे नेपाल प्रहरी वा गृह मन्त्रालयको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *