Categories समाचार

३९ किलो गाँजासहित एक जना पक्राउ, तीन मोटरसाइकल बरामद

Advertisement

वीरगंज । पर्साको विन्दवासिनी गाउँपालिका–४ मधवलबाट ३९ किलो २५० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।

शनिबार राति करिब ११ः५५ बजे इटियाहीबाट मधवलतर्फ आउँदै गरेका व्यक्तिहरूले प्रहरी टोलीलाई देखेपछि तीन वटा मोटरसाइकल र तीन वटा झोला झाडीतिर फालेर भागेका थिए।

Advertisement

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा अन्तर्गत बीओपी अमरपट्टी, बीओपी प्रसौनीभाठा र प्रहरी चौकी अमरपट्टीको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरिरहेको थियो।

Advertisement

टोलीले घटनामा संलग्नमध्ये एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। झोला जाँच गर्दा ३९ किलो २५० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो। घटनास्थलबाट तीन वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्ति, बरामद पदार्थ र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *