वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि खटिएको टोलीले २०८३ साल साउन २१ गते उनीहरूलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा दाखिला गरेको जनाएको छ।
पक्राउ परेकामध्ये १ जना अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी रहेका छन्। उनलाई अदालतले १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको छ। यस्तै, जालसाजी मुद्दाका ५ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूलाई अदालतले जनही २५० रुपैयाँ जरिवाना तोकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका ६ जनामाथि कुल १ वर्ष कैद तथा १ लाख २५० रुपैयाँ जरिवाना फैसला भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले पक्राउ परेका सबैलाई अदालतमा दाखिला गरिएको जानकारी दिएका छन्।




