Categories समाचार

घोडा टाङ्गासँगै रु.९ लाखभन्दा बढीका अवैध सामान बरामद

Advertisement

वीरगञ्ज । सशस्त्र प्रहरी बल, पर्साले भन्सार छली गरी ओसारपसार गरिएका रु.९ लाख २६ हजार १८० बराबरका विभिन्न सामान तथा घोडासहितको टाङ्गा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्ज र बीओपी प्रसौनीभाठाबाट खटिएका टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनरुवा तथा भन्सार मेनगेटलगायतका सीमा क्षेत्रमा चेकजाँच तथा गस्ती गर्ने क्रममा उक्त सामान बरामद गरेका हुन्।

Advertisement

बरामद सामानमा कपडा, इलेक्ट्रिक तथा कस्मेटिक सामग्री, फलफूल, साइकललगायत रहेका छन्। इनरुवा सीमा क्षेत्रबाट रु.६ लाख ३७ हजार ५०० बराबरको कपडा तथा साइकल र इनरुवा पछाडिको सीमा क्षेत्रबाट रु.१ लाख ५६ हजार ४०० बराबरको कपडा बरामद गरिएको छ।

Advertisement

त्यस्तै, भन्सार मेनगेट क्षेत्रबाट रु.९६ हजार ५८० बराबरका इलेक्ट्रिक तथा कस्मेटिक सामान र रु.२० हजार बराबरको घोडासहितको टाङ्गा बरामद भएको छ। इनरुवा सीमा क्षेत्रबाट रु.७ हजार ७०० बराबरको स्याउ तथा सुन्तला र प्रसौनीभाठा सीमा क्षेत्रबाट रु.८ हजार बराबरको कपडा पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सम्पूर्ण सामान तथा घोडासहितको टाङ्गा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *