Categories समाचार

डिजे सहितको गाडी प्रहरी नियन्त्रणमा

Advertisement

मलंगवा । जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिको निर्णयविपरीत ध्वनि प्रदूषण हुने गरी बाजा बजाएको आरोपमा सर्लाही प्रहरीले बाजा जडित गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–९, गोरखकालीबाट बाजा जडित गाडी र दुई जनालाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा पर्नेमा हरिपुर नगरपालिका–१ का ५५ वर्षीय जागेश्वर पण्डित र बागमती नगरपालिका–४ का २३ वर्षीय जगन्नाथ साह रहेका छन्। पण्डित बाजा सञ्चालक र साह बाजा जडित गाडीका चालक रहेको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीले उनीहरूबाट विभिन्न ध्वनि प्रणालीसहितको ना १९ च ४२९१ नम्बरको योद्धा गाडी नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्ति, गाडी तथा ध्वनि प्रणालीका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिएका छन्।

Advertisement

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, जिल्ला प्रशासन कार्यालय सर्लाहीको बैठकबाट भएको सहमति तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा ध्वनि प्रदूषण हुने गरी बाजा नबजाउन प्रहरीले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

प्रहरीले नियमविपरीत ध्वनि प्रदूषण हुने गरी बाजा बजाएको पाइएमा कानुनबमोजिम कारबाही हुनेसमेत जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *