Categories समाचार

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

Advertisement

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनवर्षाबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

सोमबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहार राज्यको बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ ठेगाना भएका अन्दाजी ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो।

Advertisement

प्रहरीका अनुसार चौधरीको साथबाट १०५ किलो गाँजा बरामद गरिएको छ। पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *