Categories समाचार

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक बेपत्ता

Advertisement

वीरगंज । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका अझै बेपत्ता छन्।

साउन २६ गते खोलामा नुहाउने क्रममा देवाही गोनाही–१ करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका थिए।

Advertisement

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ७ जना, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा रबर बोर्डसहितको टोली खोजी तथा उद्धारमा परिचालन भएको थियो।

Advertisement

खोजीका क्रममा साउन २७ गते बिहान करिब ७ः३० बजे महमद रमतुलाहको शव घटनास्थलबाट करिब ५ किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ।

सोही क्षेत्रमा सबनम खातुनको शव पनि घटनास्थलबाट करिब ५.२ किलोमिटर दक्षिण जिंगडवास्थित खोला किनारमा फेला परेको हो। दुवै शव करिब २०० मिटरको दूरीमा फेला परेका थिए।

बेपत्ता रौशन खातुनको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *