महेन्द्रनगर । कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका सदस्य देवबहादुर बम दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा वृद्धि गरिदिने भन्दै रकम मागेको अवस्थामा बमलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।
अख्तियार कार्यालय कञ्चनपुरका प्रवक्ता चेतराज भट्टका अनुसार बमलाई गौरीगंगा नगरपालिका–४ बाट पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
अख्तियारले पछिल्लो समय कैलालीलगायत क्षेत्रमा ‘स्ट्रिङ अप्रेसन’लाई निरन्तरता दिँदै आएको छ।




