वीरगंज । सशस्त्र प्रहरी बल, पर्साले ५ किलो गाँजाजस्तो देखिने प्रतिबन्धित लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
छिपहरमाई गाउँपालिका–५ भिस्वास्थित सशस्त्र प्रहरी बल, नेपाल एफओबी जयमंगलापुरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलको ट्याङ्की तथा सिटमुनि लुकाइछिपाइ राखिएको ५ किलो गाँजाजस्तो देखिने प्रतिबन्धित लागुऔषध पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थ, मोटरसाइकल र दुवै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




