Categories Uncategorized

बलात्कार आरोपमा पक्राउ परेका युवक जेनजी आन्दोलनमा फरार कैदी

Advertisement

वीरगंज । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका २१ वर्षीय प्रेम विसुंखेल ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका व्यक्ति रहेको खुलेको छ।

प्रहरीका अनुसार विसुंखेल गत वर्ष भदौ २४ गते सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालयबाट फरार भएका थिए। चोरी मुद्दाको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी आन्दोलनका क्रममा हिरासतबाट भागेका थिए।

Advertisement

हिरासतबाट भागेपछि रामेछापमा बस्दै आएका विसुंखेलले यही भदौ २ गते रामेछाप नगरपालिका–४, तिलबारीस्थित आफ्नै घरमा रहेकी ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोप छ। प्रहरीले उनलाई भदौ ३ गते पक्राउ गरेको हो।

Advertisement

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *