Categories समाचार

घरमा लुकाएर राखेको १७ किलो बढी गाँजासहित ७० वर्षीय महतो पक्राउ

Advertisement

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक वृद्धलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान करिब ५ बजे पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखि महतोको घरमा खानतलासी गरेको थियो।

Advertisement

खानतलासीका क्रममा घरभित्र लुकाइछिपाई राखिएको प्लास्टिकसहित १८ किलो ४०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले प्लास्टिक हटाएर तौल गर्दा १७ किलो ७०० ग्राम गाँजा बरामद भएको जनाएको छ।

Advertisement

गाँजासहित पक्राउ परेका महतोलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *