Categories समाचार

सीएमए संघको २३औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना

Advertisement

वीरगञ्ज । नेपाल सीएमए संघको २३औँ वार्षिकोत्सवको अवसरमा नेपाल सीएमए संघ पर्साले वीरगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा एक महिलासहित २८ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रममा नारायणी अस्पतालका मेसु डा. चितरञ्जन साह प्रमुख अतिथि, नेपाल सीएमए संघ पर्साका अध्यक्ष जितेन्द्र महतो सभापति तथा संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसाद विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

Advertisement

पर्सा अध्यक्ष महतोले रक्तदान सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण मानवीय सेवा भएको बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।

Advertisement

केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादले रक्तदानले प्रत्यक्ष रूपमा मानिसको जीवन बचाउन सहयोग गर्ने भएकाले स्वास्थ्यकर्मीको संस्था सीएमए संघ सामाजिक सेवामा पनि सक्रिय हुनुपर्ने बताए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष वृजकिशोर प्रसाद पटेल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेलगायतको उपस्थिति थियो।

रक्तदान गर्नेहरूमा रेणु गुप्ता, डा. हरिकान्त साह, राजेश यादव, आबिद हुसैन, कुन्दन गुप्ता, रेयाज हुसेन, सफुल्लाह अंसारी, विश्वनाथ साह, अमरलाल साह सोनार, पलट चौधरीलगायत २८ जना रहेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *