Categories समाचार

भिडियो भाइरल भएपछि अध्यक्ष चौधरीको भन्छन्: ‘यादवसँग आफ्नो साँचो लिन गएको थिएँ’

Advertisement

वीरगञ्ज । वीरगञ्ज–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोनमा प्रहरीले छापा हानेपछि सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित आठ जना नियन्त्रणमा परेको घटनामा जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको समेत नाम जोडिएको छ।

प्रहरीले गत शनिबार राति क्यासिनोमा छापा मारेर नेपाली नागरिकलाई जुवा खेलाएको आरोपमा यादवसहित चार जना र क्यासिनोका चार कर्मचारीलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

यसैबीच सार्वजनिक भएको भिडियोमा अध्यक्ष यादवसँगै जिराभवानी गाउँपालिका अध्यक्ष चौधरी पनि क्यासिनोभित्र देखिएपछि उनको उपस्थितिलाई लिएर विभिन्न प्रश्न उठेका छन्।

Advertisement

तर अध्यक्ष चौधरीले भने आफू जुवा खेल्न क्यासिनो नगएको दाबी गरेका छन्। उनले यादवसँग आफ्नो साँचो रहेकाले लिनका लागि क्यासिनो पुगेको र यादवकै आग्रहमा केही समय भित्र गएको बताए। उनका अनुसार केहीबेरमै आफू बाहिरिएको हो।

क्यासिनो स्रोतको दाबीअनुसार प्रहरी छापा मार्न पुगेपछि चौधरी विश्राम कक्षमा लुकेर बसेको चर्चा भए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

प्रहरीले घटनासँग सम्बन्धित सीसीटीभी फुटेज, सार्वजनिक भिडियो तथा अन्य प्रमाण अध्ययन गरिने जनाएको छ। अध्यक्ष यादव पक्राउ परिसकेको अवस्थामा भिडियोमा देखिएका चौधरीमाथि तत्काल कुनै कारबाही नभएको विषयमा पनि प्रश्न उठेको छ।

चौधरीको क्यासिनो प्रवेशको उद्देश्य र घटनामा उनको कुनै कानुनी संलग्नता रहे–नरहेको विषय भने प्रहरी अनुसन्धानपछि स्पष्ट हुने देखिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *