Categories समाचार

मोटरसाइकलको ट्याङ्कीमा फल्स बटम बनाएर ९.५ किलो चरेस तस्करी गर्दै गर्दा भारतीय नागरिक पक्राउ

Advertisement

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१७, अलौबाट करिब ९.५ किलो चरेसजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको गाडी मोबाइल टोलीले शंकास्पद रूपमा आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।

Advertisement

जाँचका क्रममा मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा अन्दाजी ९.५ किलो चरेसजस्तो देखिने पदार्थ २१ पोकामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

टोलीले लागूऔषधसँगै एक थान मोबाइल फोन र ओसारपसारमा प्रयोग भएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका भारतीय नागरिक तथा बरामद लागूऔषध, मोटरसाइकल र अन्य सामग्रीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा बुझाइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *