Categories समाचार

रास्वपामा धमाधम दल बदल्ने नेताको प्रवेशप्रति जेनजी पर्सा संयोजक साहको आपत्ति

Advertisement

वीरगंज । जेनजी आन्दोलनपछि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विभिन्न पुराना दलका नेता प्रवेश गर्ने क्रमप्रति जेनजी पर्सा संयोजक विशेष साहले कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साहले एमाले, कांग्रेस, जसपा र माओवादीका नेताहरू रास्वपामा प्रवेश गरिरहेको विषयप्रति प्रश्न उठाउँदै पार्टी नेतृत्वलाई समयमै विचार गर्न खबरदारी गरेका छन्।

Advertisement

उनले जेनजी आन्दोलनपछि जनताले नयाँ राजनीतिक संस्कारको अपेक्षा गरेको उल्लेख गर्दै पुराना दलका नेता तथा विवादित पृष्ठभूमिका व्यक्तिहरूलाई पार्टीमा भित्र्याएर रास्वपालाई पनि बदनाम गर्ने काम नगर्न चेतावनी दिएका छन्।

Advertisement

साहले केही स्थानका सांसद तथा जिल्ला सभापतिहरूले आफूखुसी निर्णय गरिरहेको आरोपसमेत लगाएका छन्। उनले भनेका छन्, “गुण्डा–माफियालाई पार्टीमा ल्याएर यो पार्टीलाई पनि गन्हाउने काम नगरियोस्।”

उनले व्यंग्यात्मक रूपमा प्रश्न गर्दै भनेका छन्, “यदि त्यस्तै हो भने केपी र देउवालाई पनि पार्टी प्रवेश गराई उच्च स्थान दिए भइहाल्यो नि।”

साहले रास्वपाको नीति नै पुराना दलका नेता तथा विवादित व्यक्तिहरूलाई पार्टीमा भित्र्याउने हो कि होइन भन्ने विषयमा नेतृत्वले स्पष्ट पार्नुपर्ने बताएका छन्। उनले पार्टीलाई जेनजी आन्दोलनको भावना र जनअपेक्षाअनुसार अघि बढाउन समयमै गम्भीर समीक्षा गर्नसमेत आग्रह गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *