Categories समाचार

५ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा ६० वर्षीय हसनजान पक्राउ

Advertisement

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय हसनजान मियाँलाई पक्राउ गरेको छ।

घटनाबारे जानकारी पाएपछि बिहीबार राति करिब साढे ९ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले आरोपित मियाँलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले अवरोध गरेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको बताइएको छ।

Advertisement

स्थानीयले आरोपितलाई कानुनी कारबाही पर्याप्त नहुने भन्दै आफैं कारबाही गर्ने प्रयास गरेपछि भिड अनियन्त्रित बनेको थियो। त्यसपछि कलैयाबाट थप प्रहरी टोली घटनास्थल पुगेको थियो।

Advertisement

प्रहरीले बल प्रयोग गरी भिडलाई तितरबितर बनाएपछि आरोपित मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा लगेको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बारामा केही साताअघि पनि जीतपुरसिमरा उपमहानगरपालिका–१ मा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *