Categories समाचार

भन्सार छली नेपाल भित्र्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

Advertisement

वीरगंज । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ ३१ गते अपराह्न करिब ४ बजे वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट अनधिकृत रूपमा चलाइरहेका भारतीय इलेक्ट्रिक स्कुटरहरू नियन्त्रणमा लिइएको हो।

Advertisement

नियन्त्रणमा लिइएका १० वटा स्कुटरको अनुमानित मूल्य ८ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

Advertisement

प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाएको जनाएको छ।

प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइनेछ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *