Categories समाचार

मुजफ्फरपुरबाट उद्धार गरिएकी नेपाली महिलाको वीरगञ्जमा पारिवारिक पुनर्मिलन

Advertisement

वीरगञ्ज । भारतको मुजफ्फरपुरबाट उद्धार गरी वीरगञ्ज ल्याइएकी एक नेपाली महिलालाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा परिवारको जिम्मा लगाइएको छ।

मानव सेवा आश्रम वीरगञ्जको पहल तथा सहयोगमा उद्धार गरिएकी ती महिलालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक पवनकुमार भट्टराई र प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको उपस्थितिमा उनका बुवाको जिम्मा लगाइएको हो। यससँगै उनको परिवारसँग सफल पुनर्मिलन भएको मानव सेवा आश्रमका देवेश गुप्ताले जानकारी दिए।

Advertisement

भारतको मुजफ्फरपुरमा असहाय अवस्थामा रहेकी उनलाई उद्धार गरी आवश्यक समन्वयपछि वीरगञ्ज ल्याइएको थियो। परिवारसम्म पुर्‍याउने क्रममा मानव सेवा आश्रम, प्रहरी तथा सम्बन्धित पक्षले सहजीकरण गरेका थिए।

Advertisement

आफन्तसँग पुनर्मिलन भएपछि परिवारले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। मानव सेवा आश्रमका गुप्ताले उद्धारदेखि पारिवारिक पुनर्मिलनसम्म सहयोग गर्ने प्रहरी, आश्रमका सदस्य तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरेका छन्।

मानव सेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा असहाय अवस्थामा भेटिएका व्यक्तिको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलन गराउने कार्य गर्दै आएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *