Categories समाचार

पर्सामा २ राउन्ड हवाई फायर गरि ३३ किलो गाँजासहित तीन जना पक्राउ

Advertisement

वीरगंज । पर्सामा प्रहरीले २ राउन्ड हवाई फायर गरेर ३३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलमा आइतबार राति करिब १० बजे गाँजाको कारोबार भइरहेको सूचना पाएपछि प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमान्डमा प्रहरी टोली पुगेको थियो।

Advertisement

प्रहरी टोली पुगेपछि कारोबारीहरूलाई नियन्त्रणमा लिने क्रममा स्थिति नियन्त्रणमा लिन २ राउन्ड हवाई फायर गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।

Advertisement

प्रहरीले स्थानीय नन्दलाल सहनी, महेश सहनी र बुढी सहनीलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर लागूऔषध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *