Categories समाचार

युवतीको विवादले गोलीकाण्डको रूप लियो, देवानगञ्जमा दुई पक्राउ

Advertisement

सुनसरी । देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीमा युवतीको विषयलाई लिएर भएको पुरानो विवाद गोली प्रहारसम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शनिबार साँझ लक्ष्मीनारायण मन्दिरअगाडि गोली लागेर घाइते भएका २४ वर्षीय निरजकुमार यादवको आइतबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरी गोली निकालिएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Advertisement

घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादव पक्राउ परेका छन्। प्रहरीका अनुसार घटनामा ५–६ जनासम्मको संलग्नता देखिएको छ भने अन्यको खोजी भइरहेको छ।

Advertisement

प्रहरीका अनुसार युवतीको विषयमा केही दिनअघि भएको विवादकै रिसइबीका कारण गोली प्रहार भएको प्रारम्भिक निष्कर्ष छ। यसअघि गाँजा तस्करीको विवादका कारण घटना भएको हल्ला चले पनि त्यसको पुष्टि नभएको प्रहरीले जनाएको छ। थप अनुसन्धान जारी छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *