Categories समाचार

सर्राफ रेडक्रसको केन्द्रीय सदस्यमा मनोनीत, पर्सा शाखाद्वारा स्वागत तथा शुभकामना

Advertisement

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्वारा गठित रेडक्रस एक्सन टिम (RCAT) ले स्वागत तथा शुभकामना व्यक्त गरेको छ।

सामाजिक तथा मानवीय सेवामा सक्रिय सर्राफलाई रेडक्रसको केन्द्रीय कार्यसमितिमा जिम्मेवारी दिइएकोमा रेडक्रस एक्सन टिम (RCAT) ले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएको हो।

Advertisement

व्यवसायसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका सर्राफले विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्। केन्द्रीय कार्यसमितिको सदस्यको जिम्मेवारी पाएसँगै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा थप योगदान गर्ने अवसर प्राप्त भएको छ।

Advertisement

सर्राफको व्यावसायिक यात्रा भने वीरगंजको सडक पेटीबाट सुरु भएको हो। सडक पेटीमा कपडा व्यापार गर्दै व्यवसायिक यात्रा थालेका उनले निरन्तरको मेहनत र लगनशीलताबाट आफ्नो व्यवसायलाई विस्तार गर्दै अहिले स्थापित व्यवसायीका रूपमा पहिचान बनाएका छन्।

सडक पेटीबाट सुरु भएको संघर्षपूर्ण यात्रा सामाजिक सेवा र संस्थागत जिम्मेवारीको केन्द्रीय तहसम्म पुग्नु सर्राफको यात्राको उल्लेखनीय पक्ष बनेको छ।

होटेल गेट्वेमा सम्पन्न कार्यक्रममा RCAT संयोजक राहुल पटेलको सभापतित्व रहेको थियो। कार्यक्रममा मन्त्री विनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह, जिल्ला सदस्य शिवनाथ यादवसहित अमन पटेल, राजु साह, रुचि कुमारी, कुबेर कार्की, अरविन्द पटेल, आर्या ओली, लक्ष्मीनारायण राउत, मिना क्षेत्री, सन्तोष पटेल र राजन श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *