Categories समाचार

दोलखामा गाई काटेको आरोपमा पाँच जना पक्राउ

Advertisement

वीरगंज । दोलखाको भीमेश्वर नगरपालिका–८ घट्टेटोलमा गाई काटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोमबार प्राप्त सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार उनीहरूले गाई काटेर मासु भाग लगाई आ–आफ्नो घरमा लगेको पाइएको थियो। घर खानतलासी गर्दा गाईको मासु फेला परेपछि पाँच जनालाई नियन्त्रणमा लिइएको हो।

Advertisement

पक्राउ पर्नेमा भीमेश्वर–८ घट्टेटोलका ६३ वर्षीय पानबहादुर तामाङ, ५७ वर्षीय दिलबहादुर तामाङ, ४० वर्षीया सीता तामाङ, ५७ वर्षीया पालमाया तामाङ र बाँसघारीका ४७ वर्षीय सोमबहादुर तामाङ रहेका छन्।

Advertisement

उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय दोलखाले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *