Categories समाचार

१५४ ग्राम ब्राउन सुगर र अफिमसहित वीरगंजबाट २ जना पक्राउ

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका–१५ स्थित चालीस फिटे सडकखण्डबाट प्रहरीले १५४ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र ११ ग्राम ५९ मिलिग्राम अफिम जस्तो देखिने पदार्थसहित २ जनालाई पक्राउ गरेको छ।

लागूऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले बुधबार साँझ उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

Advertisement

पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ माधोपुरका ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन्।

Advertisement

प्रहरीका अनुसार उनीहरू सवार BR05BL 1680 नम्बरको TVS Apache मोटरसाइकल जाँच गर्दा पाइन्टको खल्तीमा लुकाइराखेको ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो। सन्तोष प्रसाद पटेलको घर खानतलासी गर्दा थप ११ ग्राम ५९ मिलिग्राम अफिम जस्तो देखिने पदार्थ तथा प्याकिङ गर्ने प्लास्टिक समेत बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *