Categories समाचार

समृद्ध नेपालको गरबा–डान्डिया कार्यक्रमबाट बचत रकम रसुवाका बाढीपीडितलाई सहयोग गरिने

Advertisement

वीरगंज । समृद्ध नेपाल फाउन्डेसनको आयोजनामा वीरगंजमा हुन लागेको गरबा तथा डान्डिया नृत्य कार्यक्रमबाट बचत भएको रकम रसुवाका बाढीपीडित नागरिकलाई सहयोग गरिने भएको छ।

असोज २८ गते वीरगंजस्थित टाउन हलमा आयोजना हुने गरबा तथा डान्डिया नाइट्सको चौथो संस्करणमा नृत्य र सांगीतिक प्रस्तुतिसँगै बलिउड टेक्नो शैलीको विशेष प्रस्तुति रहनेछ। कार्यक्रम दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ।

Advertisement

संस्थाका सुरज सर्राफका अनुसार मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यले कार्यक्रमबाट बचत भएको रकम रसुवामा हालै आएको बाढीबाट प्रभावित नागरिकको सहयोगमा खर्च गरिनेछ।

Advertisement

संस्थाले यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गरी बचत भएको रकम सामाजिक कार्यमा सहयोग गर्दै आएको छ। यसपटक पनि सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन प्रदान गर्नुका साथै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने लक्ष्य राखिएको सर्राफले जानकारी दिए।

कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति ४९९ रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। कार्यक्रममा सहभागी हुन इच्छुकले ९८११८७१३१० नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

कार्यक्रममा गरबा तथा डान्डिया नृत्य, बलिउड शैलीको विद्युतीय संगीत र सामूहिक मनोरञ्जनको अवसर रहने आयोजकले जनाएको छ। सांस्कृतिक उत्सवमार्फत सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले वीरगंजमा उत्साहपूर्ण माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *