Categories समाचार

राजनीतिक दल कसैको बपौती होइन: डा. अन्सारी

Advertisement

वीरगंज । वीरगंज हेल्थ केयर हस्पिटलका अध्यक्ष डा. अबुल हैस अन्सारीले राजनीतिक दल कसैको बपौती नभएको टिप्पणी गर्दै नागरिकलाई आफ्नो इच्छाअनुसार दल रोज्ने अधिकार रहेको बताएका छन्।

वीरगंज महानगरपालिकाका पूर्वप्रमुख विजय कुमार सरावगीले नेकपा एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि उत्पन्न विवाद र उनको सदस्यता खारेजीका लागि रास्वपा पर्साका जिल्ला सचिवले केन्द्रमा सिफारिस पठाएको विषय चर्चामा रहेका बेला डा. अन्सारीले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

Advertisement

उनले सबै राजनीतिक दलले अनलाइनमार्फत सदस्यता लिन आह्वान गरिरहेको अवस्थामा कुनै पनि व्यक्तिले आफ्नो इच्छाअनुसार कांग्रेस, एमाले वा जसपा जुनसुकै दलमा प्रवेश गर्न पाउनु उसको व्यक्तिगत अधिकार भएको बताएका छन्।

Advertisement

‘म कांग्रेसमा जाऊँ, एमालेमा जाऊँ वा जसपामा जाऊँ, त्यो मेरो अधिकारको कुरा हो। राजनीतिक दल निजी कम्पनीजस्तो कसैको बाउको बपौती हो र, सदस्यता लिनुअघि सोध्नुपर्ने?’ भन्ने आशय व्यक्त गर्दै उनले राजनीतिक दल रोज्ने विषयमा व्यक्तिगत स्वतन्त्रताको पक्षमा धारणा राखेका छन्।

सरावगीको दल परिवर्तन र त्यसपछि सदस्यता खारेजीका लागि गरिएको सिफारिसको विषयले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला डा. अन्सारीको प्रतिक्रियाले दल परिवर्तन गर्ने स्वतन्त्रता र राजनीतिक दलको आन्तरिक अधिकारसम्बन्धी बहसलाई थप चर्काएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *