Categories समाचार

ब्ल्याकमेलिङ र बाल यौन दुरुपयोगको आरोपमा ४ जना पक्राउ

Advertisement

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० मा दशैंमेला हेरेर फर्किरहेका एक युवक र एक बालिकालाई ब्ल्याकमेल गरेको तथा बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, गत कात्तिक ४ गते राति करिब ८ बजे बसैलातर्फ पैदल हिँडिरहेका युवक र बालिकालाई दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले बाटो छेकेर नियन्त्रणमा लिएको थियो।

Advertisement

प्रहरीका अनुसार, आरोपितहरूले दुवै जनाको भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिएका थिए। साथै, पीडितका अभिभावकलाई फोन गरेर धम्क्याउँदै बार्गेनिङ गरी मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँसमेत ट्रान्सफर गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement

त्यसैगरी, बालिकाको संवेदनशील अंगमा गलत मनसायले छोएको आरोपसमेत उनीहरूमाथि लागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–२० निवासी २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोष कुमार दास, २२ वर्षीय पनेश कुमार महतो र ३० वर्षीय सुजित महतोलाई प्रहरीले कात्तिक ५ गते बिहान करिब ३ बजे दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *