Categories समाचार

‘योगदान राष्ट्रको लागि’ वीरगञ्ज महानगर समितिको अध्यक्षमा प्रजापति

Advertisement

वीरगञ्ज । ‘योगदान राष्ट्रको लागि’ संस्थाको वीरगञ्ज महानगर समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा निश्चल प्रजापति चयन भएका छन्।

गठित समितिको उपाध्यक्षमा चन्दन कुमार दास, सचिवमा ईश्वरी श्रेष्ठ र कोषाध्यक्षमा निलम पन्त चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रामजी प्रसाद रौनियार, जयनारायण प्रसाद गुप्ता र रुबी गुप्ता रहेका छन्।

Advertisement

समितिको बैठकले आगामी दिनमा संस्थामार्फत सञ्चालन गरिने सामाजिक सेवाका कार्यक्रमहरूको योजना बनाएर अघि बढ्ने निर्णयसमेत गरेको छ।

Advertisement

राष्ट्र, राष्ट्रियता र सामाजिक सेवाको उद्देश्यसहित स्थापित संस्थाले वीरगञ्जमा सामाजिक उत्तरदायित्व, राष्ट्रप्रेम र जनसेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *