Categories समाचार

पोखरियामा ‘लिगल भ्वाइस क्याम्पेन ४.०’ सम्पन्न, १५० भन्दा बढी विद्यार्थी लाभान्वित

Advertisement

वीरगंज । पर्साको पोखरिया नगरपालिका–४ स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयमा तराई मधेश कानुन विद्यार्थी समाज (टीएमएलएसएस) द्वारा सञ्चालित ‘लिगल भ्वाइस क्याम्पेन ४.०’ अन्तर्गत तीनवटा कानुनी सचेतनामूलक सत्र सम्पन्न भएका छन्।

कार्तिक १२ गते आयोजित कार्यक्रममा १५० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा नेपालको संविधान, मौलिक हक, नागरिकका अधिकार तथा कर्तव्य, कानुनी प्रावधान, नेतृत्व विकास, संसदीय अभ्यास र लोकतान्त्रिक प्रक्रियाबारे जानकारी दिइएको थियो।

Advertisement

चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै आएको अभियानको चौथो संस्करणअन्तर्गत टिम पर्साले विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरूलाई कानुनी सचेतना प्रदान गर्दै आएको छ।

Advertisement

विद्यालय तहदेखि नै कानुनी ज्ञान अभिवृद्धि गरी अधिकारप्रति सचेत, जिम्मेवार र सक्षम नागरिक निर्माण गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *