Categories समाचार

प्रसौनीमा सात करोडभन्दा बढी लागतमा निर्मित १० शय्याको प्राथमिक अस्पताल उद्घाटन

Advertisement

वीरगंज । बाराको प्रसौनी गाउँपालिका–२ मा नवनिर्मित १० शय्याको प्राथमिक अस्पतालको आइतबार उद्घाटन गरिएको छ।

आज आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालले अस्पतालको उद्घाटन गरेका हुन्।

Advertisement

कुल ७ करोड ४७ लाख ४३ हजार ३०८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको अस्पताल उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष जैसवाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

Advertisement

कार्यक्रमको अध्यक्षता लालबाबु मुखियाले गरेका थिए भने विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष किरण देवी साह र प्रमुख प्रशासकीय अधिकृत पवन कुमार केशरीको उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिकाका सातवटै वडाका वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख सुरेश गुप्तासहित विभिन्न क्षेत्रका कर्मचारी तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।

१० शय्याको अस्पताल सञ्चालनमा आएसँगै प्रसौनी गाउँपालिका तथा आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *