वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका तथा फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका जिराभवानी गाउँपालिका–३ का करिब ५० वर्षीय पारसनाथ दास थारुलाई पक्राउ गरेको हो।
प्रहरीले आज उनलाई नियन्त्रणमा लिनुका साथै अन्य विभिन्न मुद्दाका १० जना फरार प्रतिवादीलाई समेत पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका ११ जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोही दिन पर्सा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।





