Categories समाचार

चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी वीरगंजबाट पक्राउ

Advertisement

वीरगंज । चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको साविक जितपुर गाविस हाल जिराभवानी गाउँपालिका–३ निवासी करिब ५० वर्षीय पारसनाथ दास थारू रहेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई सोमबार बिहान करिब ११ः३० बजे वीरगंज महानगरपालिका–१९ बाट नियन्त्रणमा लिएको हो।

Advertisement

पक्राउ परेका थारूलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *