वीरगंज । पर्सा प्रहरीले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका दुईवटा चारपाङ्ग्रे निजी सवारीसाधन नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा प्रहरीले कार्तिक १६ गते दिउँसो करिब २:३० बजे वीरगंज महानगरपालिका–१६, इनर्वागाउँस्थित सडकखण्डबाट भारतीय बोलेरो र मारुती सुजुकी कार बेवारिसे अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार लामो समयदेखि बिना भन्सारका सवारीसाधन पर्साको ग्रामीण तथा बजार क्षेत्रमा अनधिकृत रूपमा सञ्चालन भइरहेको सूचनाका आधारमा खोजतलास गरिएको थियो।
बरामद सवारीसाधनमा कसैले पनि हकदाबी नगरेपछि दुवै गाडीको कुल मूल्य २२ लाख रुपैयाँ कायम गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कार्तिक १७ गते वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।





