Categories समाचार

वीरगंजमा ३२ लाखभन्दा बढी मूल्यको माछा लोड गरिएको ट्रक नियन्त्रणमा

Advertisement

वीरगंज । वीरगंजमा भन्सार कागजातमा उल्लेख भएभन्दा बढी परिमाणमा माछा लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा कार्तिक १८ गते राति करिब ११ बजे वीरगंज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट प्रहरीले प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको टाटा ट्रक नियन्त्रणमा लिएको हो।

Advertisement

ट्रकमा ९६ क्यारेट माछाको मात्र भन्सार प्रज्ञापनपत्र रहेको भए पनि कागजातमा उल्लेखित परिमाणभन्दा ४४ क्यारेट बढी माछा लोड गरिएको पाइएको प्रहरीले जनाएको छ।

Advertisement

ट्रकका चालक वीरगंज महानगरपालिका–२१ निवासी २३ वर्षीय रबी कुमार साहलाई ट्रकसहित नियन्त्रणमा लिई कुल ३२ लाख ११ हजार ३९२ रुपैयाँ मूल्याङ्कन गरिएको माछा तथा ट्रक थप अनुसन्धान र आवश्यक कारबाहीका लागि कार्तिक १९ गते वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *