Categories समाचार

मनकामना नमुना संसदीय अभ्यास–२०८३ सम्पन्न

Advertisement

वीरगञ्ज । मनकामना कलेजको सहकार्य तथा तराई मधेश कानून विद्यार्थी समाजको आयोजनामा सम्पन्न ‘मनकामना नमुना संसदीय अभ्यास–२०८३’ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूलाई संसदीय प्रक्रिया, लोकतान्त्रिक अभ्यास तथा नेतृत्व विकाससम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता प्रभात लहेराले गरेका थिए भने प्रमुख अतिथिका रूपमा संविधान सभा सदस्य रामचन्द्र प्यासी कुशवाहाको उपस्थिति रहेको थियो। कार्यक्रममा मनकामना कलेजका डाइरेक्टर रामबाबु कुशवाहा, शिवनाथ पटेल, जयप्रकाश साह, रामविद्या कुशवाहा, आनन्द शर्मा लगायतको सहभागिता रहेको थियो।

Advertisement

त्यस्तै, तराई मधेश कानून विद्यार्थी समाजका संस्थापक अध्यक्ष आकाश महतो, कानुनी अभियान ४.० का संयोजक सिवजी कुशवाहा, पर्सा जिल्ला संयोजक रवि मिश्र, बारा जिल्ला संयोजक राज गुप्ता तथा कानूनका विद्यार्थीहरू अनिल पटेल, ऋषि, नेहा गुप्ता, गुडु मिश्र, सम्झना शुक्ला र सनी गुप्ता लगायतको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा कानुनी अभियानका संयोजक सिवजी कुशवाहाले मनकामना कलेजका डाइरेक्टर रामबाबु कुशवाहालाई कार्यक्रम सञ्चालनका लागि विशेष सहयोग र सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए।

यसै नमुना संसदीय अभ्याससँगै Legal Voice Campaign 4.0 को समेत औपचारिक समापन गरिएको छ। अभियानअन्तर्गत विभिन्न विद्यालयमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्दै ८० भन्दा बढी विद्यालयसम्म कानुनी शिक्षा तथा सचेतना पुर्‍याउन सफल भएको संयोजक सिवजी कुशवाहाले जानकारी दिए।

अभियानले विद्यार्थीहरूलाई संविधान, मौलिक हक, कर्तव्य, निर्वाचन प्रणाली, संसदीय अभ्यास तथा कानुनी अधिकारका विषयमा जानकारी प्रदान गर्दै कानुनी रूपमा सचेत र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याउने उद्देश्य राखेको जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *