Categories समाचार

श्रीमती र भारतीय प्रेमीद्वारा श्रीमानको हत्या, दुवै पक्राउ

Advertisement

विराटनगर । मोरङको जहदा गाउँपालिका–२, मोहनपुरमा श्रीमती र उनका भारतीय प्रेमी मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ।

दीपावलीको राति आइतबार करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनको टाउकोमा फलामको रड प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते सोरेनको घटनास्थलमै मृत्यु भएको थियो।

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतककी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारस्थित कटिहार जिल्लाका २७ वर्षीय सुनिल मिश्रबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। उक्त सम्बन्धबारे बुधरामले थाहा पाएपछि दुवै मिलेर योजनाबद्ध रूपमा उनको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

Advertisement

घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले सुनिल मिश्रलाई घटनास्थल नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो। फरार रहेकी कमलीलाई सोमबार बिहान करिब ७ बजे धानबारीमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनामा प्रयोग भएको आशंका गरिएको एक थान फलामको रडसमेत बरामद गरेको छ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार घटनामा विवाहेत्तर सम्बन्ध जोडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *