Categories समाचार

वीरगंज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतबाट पक्राउ

Advertisement

वीरगंज । वीरगंज कारागार कार्यालय पर्साबाट फरार भएका कैदीलाई प्रहरीले ५ घण्टाभित्रै भारतबाट पक्राउ गरेको छ।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४ सतवरिया निवासी ३० वर्षीय सुनिल साह तुरहा बिहीबार बिहान करिब ८ः२० बजे कारागारको प्यारोल शाखाको पर्खाल छेउबाट भागेका थिए।

Advertisement

कैदी फरार भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनलाई भारतको बिहारस्थित मोतिहारी जिल्लाको आदापुर थाना क्षेत्रबाट नेपाल–भारत सीमा नजिकै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।

Advertisement

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *