Categories समाचार

छठ पर्वमा पटका, आतिसबाजी र मादक पदार्थ बिक्रीमा रोक, उल्लंघन गरे कारबाही हुने

Advertisement

वीरगंज । छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीका नाममा सार्वजनिक अपिल जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा छठ पर्वका अवसरमा पटका तथा आतिसबाजीजस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न आग्रह गरिएको छ। यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनले जनाएको छ।

Advertisement

त्यस्तै, छठ घाट तथा पोखरीमा पूजा र अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणलाई डुब्ने जोखिम हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित दुर्घटनामा तत्काल उद्धार गर्न आवश्यक उपकरणसहित सुरक्षाकर्मी तयारी अवस्थामा रहने जनाइएको छ।

Advertisement

प्रशासनले छठ पर्वको धार्मिक मर्यादा र पवित्रता कायम राख्न कार्तिक २८ र २९ गते छठ पूजा स्थल तथा घाट वरपर माछा, मासु र सम्पूर्ण मादक पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाएको छ।

साथै, पर्वलाई सभ्य, व्यवस्थित र सुरक्षित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, छठ पूजा व्यवस्थापन समिति, व्यवसायी तथा सर्वसाधारणलाई आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरिएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *