Categories समाचार

वीरगंज बाल सुधार गृहबाट फरार कैदी १४ महिनापछि प्रहरीको नियन्त्रणमा

Advertisement

वीरगंज । जेनजी आन्दोलनका क्रममा वीरगंजस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ कालिका मन्दिर निवासी २२ वर्षीय परिवर्तित नाम वीरेन्द्रनगर (L) लाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

अप्राकृतिक मैथुन र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बाल सुधार गृह, वीरगंजबाट फरार भएका थिए।

Advertisement

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई २०८३ कात्तिक ३० गते बिहान करिब ९ः३० बजे वीरगंज महानगरपालिका–४ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कैदीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *