Categories समाचार

छठघाटमा डिजे बजाएर अशान्ति मच्चाएको आरोपमा पक्राउ परेका पाँच जनाको पहिचान खुल्यो

Advertisement

वीरगंज । पर्सामा छठघाटमा ठूलो आवाजमा डिजे बजाएर सार्वजनिकस्थलमा अशान्ति मच्चाउनुका साथै ध्वनि प्रदूषण गरी शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा ५ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कात्तिक ३० गते राति करिब ११ः३० बजे वीरगंज महानगरपालिका–१७ केहुनिया र वडा नं. १९ स्थित बर्वा तिलावे पुलको छठघाटमा ठूलो आवाजमा डिजे बजाइरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२५ का २२ वर्षीय रोशन पटेल र २५ वर्षीय चन्दन पटेल, वीरगंज–१० का २७ वर्षीय पृथ्वी कार्की तथा बाराको प्रसौनी गाउँपालिका–३ का ३५ वर्षीय दिनेश पटेल र वडा नं. २ का २८ वर्षीय मंजुर हवारी रहेका छन्।

Advertisement

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई म्याद थप गरेर कानुनबमोजिम अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका हुन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *