Categories राजनीति

रास्वपाको आधिकारिक निर्णयबिना उम्मेदवार घोषणा नगर्न वडा नं. २४ कार्यसमितिको चेतावनी

Advertisement

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगरपालिका वडा नं. २४ कार्यसमितिले आगामी स्थानीय निर्वाचनका सम्भावित उम्मेदवार भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा भइरहेको प्रचारप्रसारप्रति आपत्ति जनाएको छ।

वडा कार्यसमितिले विज्ञप्ति जारी गर्दै पार्टीले हालसम्म कुनै पनि तहका लागि आधिकारिक उम्मेदवार घोषणा नगरेको स्पष्ट पारेको छ।

Advertisement

पार्टीको विधान, क्यान्डिडेट क्लब, प्राइमरी निर्वाचन तथा निर्धारित प्रक्रियाअनुसार मात्रै उम्मेदवार चयन हुने जनाउँदै कार्यसमितिले पार्टीको आधिकारिक निर्णयबिना आफूलाई उम्मेदवार घोषणा गरी प्रचारप्रसार गर्नु अनुशासनविपरीत हुने चेतावनी दिएको छ।

Advertisement

यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि पार्टीको विधान तथा अनुशासन संहिताबमोजिम आवश्यक कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ।

साथै, पार्टीका सदस्य, शुभचिन्तक तथा आम नागरिकलाई अनधिकृत प्रचारप्रसारमा भ्रमित नहुन र पार्टीका आधिकारिक निर्णय तथा सूचनालाई मात्रै विश्वास गर्न कार्यसमितिले आग्रह गरेको छ।

विज्ञप्तिमा वडा सभापति शारदानन्द गुप्ताले हस्ताक्षर गरेका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *