Categories खेलकुद

बहुअरी प्रिमियर लिगको तेस्रो संस्करणको तयारी तीव्र, मैदान सरसफाइमा जुटे स्थानीय युवा

Advertisement

वीरगंज । बहुअरी प्रिमियर लिग (BPL) को तेस्रो संस्करणलाई लक्षित गर्दै वीरगंज-२४ स्थित रहेको श्री शारदा माध्यमिक विद्यालयको खेलमैदान तथा पिच सरसफाइ अभियान सञ्चालन गरिएको छ।

अनिस गिरी, विनय यादव र सुजितसहित स्थानीय युवाहरूले एकजुट भएर मैदान सरसफाइ गर्नुका साथै खेल्ने पिचलाई व्यवस्थित र खेलयोग्य बनाउन श्रमदान गरेका छन्।

Advertisement

स्थानीय सरकार तथा विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै युवाहरूले प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग र समन्वयको अपेक्षा गरेका छन्।

Advertisement

स्थानीय प्रतिभाको पहिचान, युवाबीच एकता र खेलकुद विकासलाई जोड दिने उद्देश्यले आयोजना हुँदै आएको बहुअरी प्रिमियर लिगको तेस्रो संस्करणलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जनाइएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *