Categories समाचार

ज्ञानदा एकेडेमीमा शिक्षक–कर्मचारीको असन्तुष्टि सार्वजनिक, नेतृत्व परिवर्तनको चर्चा

Advertisement

वीरगंज । वीरगंजस्थित ज्ञानदा एकेडेमीमा शिक्षक तथा कर्मचारीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुला पत्रले विद्यालयको आन्तरिक व्यवस्थापन र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएको छ।

विद्यालयकी भाइस प्रिन्सिपल जागृति मिश्राको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षक–कर्मचारीले दुर्व्यवहार, तलबमा विभेद, दसैँ बोनस रोक्का, सामाजिक सुरक्षा कोष (एसएसएफ) मा अनियमितता तथा आइतबारको बिदामा समेत जबर्जस्ती काममा बोलाउने गरेको आरोप लगाएका छन्।

Advertisement

चर्चित आईटी उद्यमी तथा शिक्षाविद् डा. रुद्र पाण्डेलाई सम्बोधन गर्दै सार्वजनिक गरिएको खुला पत्रमा विद्यालयभित्रका विभिन्न समस्याहरू उठाइएको छ। यद्यपि, पत्रमा विद्यालयका सीईओ तथा प्रिन्सिपल राजेन्द्रप्रसाद कोइरालाको भूमिकाबारे भने उल्लेख गरिएको छैन।

Advertisement

यसैबीच, शिक्षक–कर्मचारीको असन्तुष्टि सार्वजनिक भएपछि विद्यालय व्यवस्थापनभित्र नेतृत्व परिवर्तनको विषयमा समेत छलफल सुरु भएको बताइएको छ। विद्यालयका एक प्रमोटरका अनुसार सीईओ कोइरालाको विकल्प खोज्ने अवस्थासम्म व्यवस्थापनभित्र छलफल पुगेको छ।

ती प्रमोटरका अनुसार विद्यालयका अध्यक्ष सन्दीप तुल्स्यानले कोइरालालाई विद्यालयको जिम्मेवारी सुम्पिएको निर्णयप्रति पछुतो व्यक्त गर्न थालेका छन्। तर, यस विषयमा अध्यक्ष तुल्स्यानको आधिकारिक धारणा सार्वजनिक भएको छैन।

शिक्षक–कर्मचारीले लगाएका आरोप र नेतृत्व परिवर्तनको चर्चाबारे विद्यालय प्रशासन तथा सम्बन्धित पदाधिकारीको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *