Categories समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा बाराका शिक्षकविरुद्ध अख्तियारको मुद्दा

Advertisement

वीरगंज । बाराको सुवर्ण गाउँपालिका–६ (साबिक मझरिया–६) स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शिक्षण पेसामा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएपछि आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

Advertisement

आयोगका अनुसार यादवले बिहार इन्टरमेडिएट एजुकेसन काउन्सिल, पटना भारतबाट जारी भएको देखिने इन्टरमिडिएट तह (आईए) को नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्ति लिएका थिए।

Advertisement

यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *